प्रकाशित : १९ असार २०७७, शुक्रबार १५:२५

विराटनगर, १९ असार । प्रदेश १ बाट लकडाउनको अवधिमा २४ हजार भारत गएका छन् । प्रदेश १ का ४ वटा जिल्लाबाट विहिबार सम्म २४ हजार ८ सय १४ जना भारत गएका छन् । जसमा झापाबाट १९ हजार ९ सय ८१, मोरंगबाट ४ हजार ७ सय २१, सुनसरीबाट १ सय १० र इलामबाट २ जना रहेका छन् । सो अवधिमा भारतबाट १५ हजार ७ सय नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेमा झापाबाट ९ हजार २ सय १७, मोरंगबाट ४ हजार २ सय २३, सुनसरीबाट १ हजार ८ सय ५४ र इलामबाट ४ सय ५३ गरि १५ हजार ७ सय ४७ नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गरेका मध्ये ११ हजार ७ सय ४६ प्रदेश १ का र ४ हजार १ अन्य प्रदेशका रहेका छन् । शुक्रबार प्रदेश १ सरकारबाट कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचार संवन्धि हाल सम्म भएका कार्यहरुको प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईले सो जानकारी दिएका हुन । वैशाख ३० गते प्रदेश १ को संकट व्यवस्थापन केन्द्र बैठकले लकडाउनमा २५ हजार नेपाली भारतबाट आउने आँकलन गरेको थियो ।

भारत लगायतका विभिन्न देशहरुबाट आउने व्यक्तिहरुलाई राख्नका लागि प्रदेश १ सरकारले २४ स्थानमा होल्डिङ एरिया निर्माण गरिएको छ । झापामा १९, सुनसरी र इलाममा २–२ र मोरंगमा एउटा रहेको छ । २४ वटा होल्डिङ एरियामा २ हजार ९ सय ७२ वेड तयार गरिएको छ । प्रदेश सरकारका अनुसार अहिले सम्म १ सय ६० महिला र ३ सय ५१ पुरुष होल्डिङ एरियामा रहेका छन् । प्रदेश १ का क्वारेन्टिनमा २ हजार ३ सय ४९ र होम क्वारेन्टिनमा ३ हजार १ सय ७२ जना रहेका छन् ।

प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । कोषमा जम्मा भएको रकम मध्ये २५ करोड प्रदेश सरकारबाट र अन्य विभिन्न क्षेत्रबाट संकलन भएको प्रमुख सचिव भट्टराईले बताउनुभयो । कोषमा जम्मा भएको रकममध्ये २७ करोड ३३ लाख ८९ हजार खर्च भएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट गर्ने गरिएको जनाएको छ । संक्रमितको उपचारका लागि ३ सय ५३ वेड क्षमता रहेको छ । अहिले २ सय १५ जना उपचाररत रहेका छन् ।

प्रदेश १ मा २५ हजार बढीको स्वाव संकलन गरिएको छ । विहिबार सम्म २५ हजार ३ सय ४० जनाको स्वाव संकलन गरिएको मध्ये ६ सय १६ को कोरोना रिपोर्ट पोजेटिभ र २३ हजार ९ सय ७० को नेगेटिभ रिपोर्ट आएको बताईएको छ । स्वाव संकलन गरिएका मध्ये ७ सय ५५ को रिपोर्ट आउन बाँकी रहेको पत्रकार सम्मेलनमा बताईयो । प्रदेश १ मा पीसीआर परीक्षणका लागि ६ सय क्षमताका तीनवटा ल्याव रहेका छन् ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३