प्रकाशित : १९ असार २०७७, शुक्रबार १५:२१

विराटनगर, १९ असार । प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।

आज३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरंगको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३