प्रकाशित : १७ असार २०७७, बुधबार १८:३३


विराटनगर, १७ असार । प्रदेश–१ को बजेट सर्वसम्मतले पारित भएको छ । आजको बैठकमका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले विनियोजन विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेको खर्च कटौतीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि विनियोजन विधेयक प्रतिपक्षको समर्थन बिनै पारित गरिएको हो ।
प्रतिपक्षदलको तर्फबाट संसद शेखरचन्द्र थापाले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बैठकमा राख्नु भएको थियो । थापाले मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटलाई प्रतिपक्षी दलको समर्थन रहेको दाबी गरे पनि कांग्रेस सांसद थापाले अस्वीकार गर्नुभएको थियो ।
विनियोजन विधेयकमाथिको छलफल मुख्यमन्त्री शेरधन राईले जवाफ दिएसँगै सकिएको छ ।