प्रकाशित : १७ असार २०७७, बुधबार १७:२४


विराटनगर, १७ असार । मानव अधिकारकर्मी सोमराज थापालाई शोक परेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश १ संयोजक समेत रहनु भएका थापाकी श्रीमती रेखा शाह थापाको ४३ वर्षको उमेरमा आज विहान निधन भएको हो । थापा मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको आज परोपकारघाट विराटनगरमा अन्त्येष्टि गरिएको छ ।