प्रकाशित : १५ असार २०७७, सोमबार १९:४०

विराटनगर १५ असार । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ ।

प्रदेश १ मा आज ८ महिने बालिका सहित १४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । सोमबार डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् ।

कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु डिस्चार्ज भएको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३