प्रकाशित : १५ असार २०७७, सोमबार १९:३४

विराटनगर १५ असार । प्रदेश १ मा दुई साताको अवधिमा १ सय ९७ जना कोरोना संक्रमित भएका छन् । उपचारमा रहेका संक्रमित मध्ये २ सय २७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा दुई साताको अवधिमा असार १४ गते सवैभन्दा बढी २७ संक्रमित थपिएका थिए । असार ११ गते सवैभन्दा बढी ९१जडिस्चार्ज भएका थिए । सो दिन पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ७० र साँझ वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २१ जना डिस्चार्ज भएका थिए ।

प्रदेश १ का १४ वटै जिल्लामा संक्रमण देखिएको छ । गत वैशाख ५ गते प्रदेश १ मा पहिलो पटक उदयपुरको त्रियुगा ३ भुल्केमा संक्रमण देखिएको थियो । सोमबार साँझ सम्म संक्रमितको संख्या ५ सय ६७ पुगेको छ । ३ सय ९२ जना डिस्चार्ज भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उल्लेख तथ्याङ्क अनुसार असार १ गते २६ जना संक्रमित थपिए भने ८ जना डिस्चार्ज भए । असार २ गते ५ जना थपिए ७ जना डिस्चार्ज भए । असार ३ गते १४ संक्रमित थपिए ३ जना डिस्चार्ज भए । असार ४ गते ३ जना संक्रमित थपिए ४० जना डिस्चार्ज भए । असार ५ गते ३ जना संक्रमित थपिए १० जना डिस्चार्ज भए । त्यसैगरि असार ६ गते ११ संक्रमित थपिए सो दिन कुनै संक्रमित डिस्चार्ज नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । असार ७ गते १६ संक्रमित थपिए भने १ जना डिस्चार्ज भए । असार ८ गते १५ संक्रमित थपिए भने २३ जना डिस्चार्ज भएका छन् ।

असार ९ गते २० जना संक्रमित थपिए, असार १० गते १३ संक्रमित थपिए भने २९ डिस्चार्ज भए । असार ११ गते ७ जना थपिए, ९१ जना डिस्चार्ज भएका थिए । असार १२ गते १६ संक्रमित थपिएका थिए । असार १३ गते १४ संक्रमित थपिए भने असार १४ गते २७ संक्रमित थपिएका थिए भने १ डिस्चार्ज भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । असार १५ गते ७ जना संक्रमित थपिए भने १४ जना डिस्चार्ज भए । डिस्चार्ज हुनेमा ८ महिने बालिका पनि रहेकी थिईन ।

प्रदेश १ मा झापामा २ सय १७ जना संक्रमित भएका छन् । झापाका १४ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगमा १ सय ५३ जना संक्रमित भएका छन् । मोरंगका १२ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । सुनसरीमा ८६ संक्रमित भएका छन् । ११ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । प्रदेश १ का भारतसँग सीमा जोडिएका तराई क्षेत्रका झापा, मोरंग र सुनसरी तीन जिल्लाका ३७ स्थानीय तहमा संक्रमण देखिएको छ । प्रदेश १ का उदयपुरमा ६७, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ८, ताप्लेजुङमा ४, संखुवासभामा २, इलाममा ८ र तेर्हथुममा ३, पाँचथरमा ३, ओखलढुंगा र सोलुखुम्वुमा १/१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा असार १५ गते सम्म २३ हजार ५ सय ७७ जनको स्वाव संकलन भएको छ । जेठ ३२ गते सम्म १५ हजार ३ सय ६० जना शंकास्पदको नमूना संकलन गरिएको थियो । असार दोश्रो साता भित्रमा मात्र ८ हजार २ सय १७ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३