प्रकाशित : १५ असार २०७७, सोमबार १२:३७

विराटनगर, १५ असार । राष्ट्रिय धान दिवस तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको जन्मजयन्तीको अवसरमा नेकपा विराटनगर ८ र राष्ट्रिय युवा संघ नेपाल विराटनगरले आज सामुहिक रुपमा धान रोपेको छ ।

पूर्वप्रधानमन्त्री अधिकारीको एक सय औंं जन्मजयन्तीको अवसरमा नेकपा विराटनगर ८ र राष्ट्रिय युवा संघ नेपाल विराटनगरले विगत वर्ष जस्तै यूवाहरूलाई उत्पादन क्षेत्रमा लाग्न हौसला प्रदान गर्ने उद्देश्यले सामुहिक रूपमा धान रोप्ने कार्यक्रम गरिएको नेकपा वडाकमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो ।

कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा विराटनगर महानगर ईञ्चार्ज शिवकुमार मण्डल, प्रदेश १ उद्योग वन तथा पर्यटन संसदीय सभापति सीता थेबे, नेकपा विराटनगर महानगर अध्यक्ष सागर थापा, नेकपा नेता पर्शुराम वस्नेत, राजन भण्डारी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश बुढाथोकी, नेकपा विराटनगर ज्ञानवहादुर भट्टराई, सरस्वती ओझा, सुशील रिजाल र सनोज यादव लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३