प्रकाशित : १५ असार २०७७, सोमबार ०६:२८

विराटनगर, १५ असार । प्रदेश १ मा सलह किराको नियन्त्रणका लागि तयारी शुरु गरिएको छ ।

प्रदेश १ का तीन जिल्लामा सलह किरासँग मिल्दो किराहरु देखिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि तयारी शुरु गरेको भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो । उहाँले पाँथचर, उदयपुर र खोटाङमा सलहसँग मिल्दो किरा देखिएको मन्त्रालयमा जानकारी आएको बताउनुभयो । तीन जिल्लामा देखिएको किरा अन्य प्रदेशमा देखिएजस्तो भने नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयोे,‘ शंकास्पद देखिएकाले तत्काल नियन्त्रण कार्यमा जुटिएको हो ।’ मन्त्रालयले तत्कालका लागि जिल्ला स्तरिय कृषि ज्ञान केन्द्रहरुलाई ट्रायाकिङ गर्न र नियन्त्रणका लागि आवस्यक तयारी गर्ने निर्णय गरेको राज्यमन्त्री मगरले बताउनुभयो ।

मन्त्रालयले सलह किराको नियन्त्रणका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि अघि बढाउने बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३