प्रकाशित : १४ असार २०७७, आईतवार १८:३२


विराटनगर, १४ असार । मोरंगमा दुईसाताको अवधिमा १० हेक्टर क्षेत्रफलमा ८ लाख विरुवा रोपिएको छ । असार १ गतेदेखि १४ गते सम्म ८ लाख विरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘बाँझो जग्गामा वृक्षारोपण र जहाँ वन त्यहाँ व्यवस्थापन’ नाराका साथ मोरङमा गत असार १ गते देखि अहिले अभियान शुरु गरिएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्ष घोषणा गरे अनुरुप देशभरमा पाँच करोड विरुवा रोप्ने लक्ष्य लिएको थियो भने मोरङमा यस अवधिमा डिभिजन वन कार्यालय मोरङ सहित १६ वटा वन कार्यालयका नर्सरीबाट नौ लाख ३३ हजार विरुवा उत्पादन भई ८ लाख विरुवा निःशुल्क वितरण भएको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो ।