प्रकाशित : १४ असार २०७७, आईतवार ०६:२६

विराटनगर, १४ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । आज विहान सम्म ५ लाख ६ सय ८ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ४ हजार ५ सय २९ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । आज विहान सम्म संक्रमितको संख्या १ करोड ७३ हजार ८ सय १४ पुगेको छ ।

विश्वभर १ लाख ७५ हजार २ सय ६७ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५४ लाख ५१ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ७ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २८ हजार १ सय ५२ पुगेको छ । संक्रमितको संख्या २५ लाख ९६ हजार नाघेको छ ।

अमेरिकामा ४३ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा १३ लाख १५ हजार बढी संक्रमित हुँदा ५७ हजार बढीको ज्यान गएको छ । रसियामा ६ लाख २७ हजार ६ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार ९ सय नाघेको छ । भारतमा ५ लाख २९ हजार ५ सय ७७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १६ हजार १ सय ३ जनाको मृत्यु भएको छ । भारतमा २० हजार १ सय ३१ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख १० हजार पुगेको छ ।

वेलायतमा ४३ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९५ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । पेरुमा २ लाख ७५ हजार ९ सय बढी संक्रमित हुँदा ९ हजार बढीको मृत्यु भएको छ ।

चिलिमा २ लाख ६७ हजार बढी संक्रमित मध्ये ५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् । इटालीमा २ लाख ४० हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ७ सय बढीको मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३