प्रकाशित : १३ असार २०७७, शनिबार १९:०३

विराटनगर, १३ असार । प्रदेश १ सांसद यशोदा अधिकारीलेले खेल सामाग्री हस्तान्तरण गर्नुभएको छ । विराटनगर–११ विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक खेलकुद सामग्री प्रदान गरिएको हो ।

सांसद विकास कोषको १ लाख ९७ हजार रुपैयाँ र क्लबको आन्तरिक स्रोतको ३३ हजार रुपैयाँको फुटबल खेलका सामग्री खरिद गरिएको क्लबका अध्यक्ष रोहितकुमार कोइरालाले बताए । खेलाडीका लागि ट्रयाकसुट ६० जोर, जर्सी २५ जोर, फुटबल बुट २५ जोर, नेट १ सेट र फुटबल ३० थान क्लबलाई प्रदान गरिएको थियो ।

क्लवलाई दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्राप्त भएको क्लबका सचिव खेम थापाले बताउनुभयो ।

सांसद अधिकारीले खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट क्लबलाई सहयोग गरेको बताउनुभयो । उहाँले महिला फुटवललाई प्राथमिकतामा राखेर गतिविधि गर्न क्लवलाई आग्रह गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३