प्रकाशित : १३ असार २०७७, शनिबार १६:५३

विराटनगर १३ असार । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आफ्नो कार्यकालमा कसैले पनि प्रहरीमाथि औंला तेस्र्याउने वातावरण नबनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शान्ति सुरक्षालाई मजवुत बनाउनेदेखि लिएर अपराध नियन्त्रण एवं अनुसन्धानलाई अघि बढाउने क्रममा कोही कसैले पनि प्रहरीमाथि प्रश्न गर्ने वातावरण नबनाउने हिसाबमा आफू अघि बढ्ने उनको भनाइ छ ।

कानुनी व्यवस्थाको अधिनमा रहेर अशल शासन स्थापित गर्ने गरी प्रहरीले काम कारबाही अघि बढाउने उहाँले बताउनुभयो । खड्का मोरङ प्रहरी प्रमुख भएर चार दिन अघि मात्रै विराटनगर आउनु भएको हो । विराटनगरमा आज बिहान पत्रकार भेटघाट कार्यक्रम राखेर उहाँले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सवालमा कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्नुभयोे ।

मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उहाँको भनाइ छ । प्रदेश १ को राजधानी पनि भएकाले विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहने हुँदा त्यही हिसाबमा प्रहरीको काम कारबाही अघि बढाइने एसपी खड्काको भनाइ छ । अन्तर्राष्ट्रिय नजर पर्ने भएकाले पनि मोरङको शान्ति सुरक्षाको सवालमा सधैं चनाखो हुनु पर्ने कुरामा आफू सजग रहेको एसपी खड्काले बताउनुभयो ।

सुरक्षा सवालमा खडा हुने जुनसुकै चुनौतीलाई पनि पार लगाउँदै ऐन कानुनले निर्देशित गरेअनुरुप अघि बढ्ने उहाँको प्रतिवद्धता छ । समाजलाई असर गरिरहेका कुरा र त्यसले भोलिका दिनमा ल्याउन सक्ने समस्यालाई मध्य नजर गर्दै प्रहरीले काम कारबाही अघि बढाउने खड्काले बताउनुभयो ।

अनुसन्धान थाती रहेका पुराना अपराधिक घटनाका फायल पल्टाएर आफ्नो कार्यकालमा सबै खालका अनुसन्धान पूरा गर्नेतर्फ पनि केन्द्रीत हुने उहाँको भनाइ छ । मान्छेका ज्यान गएकादेखि लिएर केही आपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा पूरा गर्ने उनको अठोट छ ।

आफ्नो सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चने खड्काले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३