प्रकाशित : १३ असार २०७७, शनिबार १६:४८


विराटनगर, १३ असार । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ७, इलाममा ५ र मोरङमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज उदयपुरको त्रियुगा नगरपालिकामा ३ महिला र ४ पुरुष, इलामको सुर्योदय नगरपालिकामा ५ पुरुष र मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सम्म ४ सय ६२ पुरुष र ७१ महिला संक्रमित भएका छन् ।