प्रकाशित : १२ असार २०७७, शुक्रबार १८:३९

विराटनगर, १२ असार । एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न प्रदेश १ सभामा माग गरिएको छ । आजको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रताप प्रकाश हाङ्माङले एकल महिलालाई मात्रै नभई एकल पुरूषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न माग गर्नुभयो ।

समानताको कुरा गर्ने तर, व्यवहारमा महिला र पुरुषलाई विभेद गर्ने काम भइरहेको उहाँको भनाई छ । हाङ्माङ्ले श्रीमतीको मृत्यु भएपछि गाउँघरमा श्रीमानले काम पनि नपाउने ऋण पनि नपाउने अवस्था हुँदा धेरै एकल पुरुषको विजोग भइरहेको बताउनुभयो ।

बैठकमा सांसद ओमप्रकाश सरावगीले प्रदेशमा विकास निर्माणमा धेरै ढिला सुस्ती भइरहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । सरावगीले विराटनगर—धरान सडक र हुलाकी राजमार्ग निर्माणको काम धेरै ढिलाई भइरहेको बताउनुभयो ।

हुलाकी राजमार्गको पुल ९ वर्षसम्म पुरा नहुँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएको सरावगीको गुनासो छ । आजको बैठकमा भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले संसदको शुन्य समयमा उठेका प्रश्नहरूको जवाफ दिनु भएको थियो । आज पनि विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफल जारी रह्यो ।

आजको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका विषयमा छलफल भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३