प्रकाशित : १२ असार २०७७, शुक्रबार १८:३४

विराटनगर, १२ असार । प्रदेश १ मा कोरोना परीक्षणका लागि २ वटा ल्याव थपिएका छन् । झापाको मेची अस्पताल र धनकुटा जिल्ला अस्पतालमा ल्याव सञ्चालन गर्ने संघीय सरकारले निर्णय गरेको छ ।

प्रदेश १ मा अहिले ३ वटा ल्याव सञ्चालनमा रहेका छन् । सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल विराटनगर र प्रदेश प्रयोगशाला विराटनगरमा अहिले कोरोना परीक्षण हुँदै आएको छ ।

तीनवटा प्रयोगशालामा अहिले दैनिक ६ सय देखि ९ सय सम्मको परीक्षण हुँदै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३