प्रकाशित : १२ असार २०७७, शुक्रबार १७:५८

विराटनगर १२ असार । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा ६ महिला र १० पु्रुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १०, झापामा ४ र मोरंगमा २ जना रहेका छन् ।

सुनसरीको कोशी गाउँपालिकामा ८ र देवानगञ्जमा २ जना, झापाको दमकमा ३ र मेचीनगरमा १, मोरंगको विराटनगरमा २ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १६ जना थपिएसँग कोरोना संक्रमितको संख्या ५ सय १९ पुगेको छ । प्रदेश १ मा हिजो साँझ २१ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या ३ सय ७७ पुगेको छ । प्रदेश १ का झापामा २ सय १५, मोरंगमा १ सय ३३, सुनसरीमा ८५, उदयपुरमा ५२, धनकुटामा ८, भोजपुरमा ६, खोटाङ र ताप्लेजुङमा ४–४, तेर्हथुम र पाँचथरमा ३–३, संखुवासभा र इलाममा २–२, सोलुखुम्वु र ओखलढुङ्गामा १–१ जना संक्रमित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा १४ मध्ये हिमाली र पहाडी क्षेत्रका ८ जिल्लाका संक्रमित उपचार पछि निको भएका छन् । संक्रमण देखिएका धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, संखुवासभा, तेर्हथुम , इलाम र ताप्लेजुङ जिल्लाका संक्रमित निको भएर घर फर्किएका छन् ।

८ जिल्लामा ३० जना संक्रमित भएका थिए । प्रदेश १ मा शुक्रबार सम्म २१ हजार ६ सय १४ शंकास्पद व्यक्तिको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका १७ हजार २ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाव संकलन गरिएका मध्ये ३ हजार ८ सय ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा शुक्रबार मात्र ५ सय ९६ जनाको स्वाव संकलन गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३