प्रकाशित : १२ असार २०७७, शुक्रबार १७:१६

विराटनगर, १२ असार । मोरंगमा भएका छुट्टा छुट्टै घटनामा परि ४ जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ गोविन्दपुरमा बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

खोलाको डिलमा बसेर गाईगोरु चराई रहेका समयमा आएको बाढीले बगाएर हिजो साँझ ५५ वर्षीया मायादेवी साह बेपत्ता भएकी थिइन । खोलाले बगाएर बेपत्ता बनेकी साहको शव घटनास्थल भन्दा लगभग तीन किलोमिटर दक्षिणमा आज फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिनु भयो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट गएराति तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले दुर्घटना गराएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताउनु भयो । उहाँकाअनुसार सुरुमा स्कोरपिओले सोही दिशामा हिँडिरहेकी पैदल यात्री करिव ४५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट हालसम्म पहिचान नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताउनु भयो ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार करिव ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको जानकारी गिरीले दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३