प्रकाशित : ११ असार २०७७, बिहीबार १८:४९

विराटनगर, ११ असार । विराटनगरमा प्रहरीकै संरक्षणमा खसीको भन्दै बाख्रीको मासु बिक्री हुने गरेको फेला परेको छ । खसीको भन्दै पसलमा राखेर बाख्रीको मासु बिक्री गरिरहेका बेला पक्राउ परेका व्यापारी श्याम थापालाई मोरङ प्रहरीले बिना कारबाही छाडेपछि बाख्रीको मासु बिक्री प्रहरीकै संरक्षणमा हुने गरेको पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का समयमा सबै कुराको अभाव भइरहँदा थापाले खसीको भन्दै आफ्नो मासु पसलबाट बाख्रीको मासु बेच्ने गरेको फेला परेको थियो । विराटनगर महानगरपालिका–३ बरगाछीबाट प्रहरीको सीआरभी पोस्ट भृकुटी चौकको टोलीले गत शनिबार मासु व्यापारी थापालाई पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको थियो ।

बिक्रीका लागि राखेको लगभग १० किलो बाख्रीको मासुसहित पक्राउ गरेर मासु व्यापारी थापालाई कारबाहीकालागि पठाइए पनि प्रहरी अधिकारीको मिलेमतोमा कारबाही नागरिकन उन्मुक्ती दिइएको छ । उनलाई एकरात जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिए पनि कानुनी कारबाही अघि नबढाईकन आइतबार छाडिएको स्रोतले बताएको छ ।

बाख्रीको मासु बेच्दा कारबाही भोगेर दुई वर्ष अघि छुटेका थापाले त्यो धन्दा नछाडेको पाइएको एक प्रहरीको भनाइ छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले पसलमा राखेर उपभोक्तालाई बिक्री गर्न नभईकन केही व्यक्तिहरु मिलेर मासु खानलाई पाठी (बाख्री) काटेको पाइएकाले व्यापारी थापाविरुद्ध कारबाही अघि नबढाइएको जिकिर गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३