प्रकाशित : ११ असार २०७७, बिहीबार १८:४५

विराटनगर , ११ असार । प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको सांसदहरूले आरोप लगाएका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्ने सांसदहरूले प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका हुन् ।

प्रदेश सरकारले सांसदका कुरा नसुनेको भन्दै सांसद कला घलेले प्रदेशसभाको शुन्य समयमा बोल्दै कान थुनेर आफ्नो क्षेत्रका समस्या राख्नुभएको छ । घलेले बारम्बार एउटै समस्या सरकारलाई राख्दा पनि कुनै सुनुवाई नभएपछि कान थुनेर संसदमा समस्या सुनाउनु परेको गुनासो गर्नुभयो । घलेले सरकार कामकाजी हो वा नामकाजी भन्दै प्रश्नसमेत गर्नुभयो ।

घलेले प्रदेशको बजेट विनियोजन न्यायोचित नभएको गुनासो पनि गर्नुभयो । उहाँले मन्त्रीका निर्वाचन क्षेत्रमा हुलका हुल योजनामा बजेट विनियोजन गरिएको र सांसदका क्षेत्रमा फाटफुट योजनामा मात्रै बजेट विनियोजन गरिएको गुनासो गर्नुभयो । सांसद हिमाल कार्कीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा न्यायोचित रुपमा विनियोजन नगरेको आरोप लगाउनुभयो । कार्कीले डाडुपन्यु आफ्नो हातमा भए पछि मनोमानि गर्ने प्रचलन प्रदेशमा देखिएको बताउनुभयो ।

शुन्य समयमा सांसद उत्तमकुमार बस्नेत, लोकप्रसाद संग्रौलालगायतले बोल्नुभएको थियो । आजको संसद बैठकमा भूमि, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले संसदले शुन्य समयमा उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३