प्रकाशित : ११ असार २०७७, बिहीबार १८:२४

विराटनगर , ११ असार । प्रदेश १ बाट आज ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुने जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेल,स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले विदाई गर्नुभयोे ।

आज ७० डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज ७ जना संक्रमित थपिएका छन् । विराटनगरका १, सुनसरीको कोशी गाँउपालिकामा ३, दुहवी र वराहक्षेत्र १/१ र झापाको बार्हदशीमा १ जना रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३