प्रकाशित : १० असार २०७७, बुधबार १९:१९

विराटनगर, १० असार । प्रदेश १ मा आज १३ जना संक्रमित थपिएका छन् । १३ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ । आज झापामा ११, मोरंग र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज झापाको मेचीनगरमा १०, शिवसताक्षीमा १, मोरंगको कटहरीमा १ र सुनसरीको हरिनगरमा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ बाट २ सय ८७ जना डिस्चार्ज भएका छन् ।

आज २ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म २० हजार ५ सय २ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये १८ हजार ६ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ हजार ३ सय ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३