प्रकाशित : १० असार २०७७, बुधबार १८:२५

विराटनगर, १० असार । नेपाल चेम्वर अफ कमर्स मोरङले ५ लाख सम्मको ऋण मिनाहाको माग गरेको छ । लकडाउनका कारण उद्योगी व्यवसायी समस्या परेको भन्दै साना उद्योगी तथा साना व्यापारीहरुलाई बैंक व्याज र करमा छुटका साथै ५ लाख सम्मको ऋण मिनाहाको व्यवस्था हुनु पर्ने मोरङ अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरि लकडाउन अवधिभरको बैंक व्याज र करमा छुट दिन माग गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा उद्योगी व्यवसायीहरुलाई बैंक व्याजमा राहतको व्यवस्था गरेपनि कतिपय बैंक तथा वित्तिय संस्थाले छुट नदिएको अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले राष्ट्र बैंकले निर्दिष्ट गरेको बैंक व्याज तथा ऋण सुविधा सवैलाई उपलब्ध गराउन माग गर्नुभयो ।

कृषकलाई बैंक व्याज र करमा छुटका साथै साना किसानबाट लिएको ऋण मिनाहाको व्यवस्था गरिनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सरकारी निकायहरुलाई समेत दुरुस्त राख्न नसकीरहेको अवस्थामा निजी क्षेत्रमा पनि अनुगमन गर्नेगरि अख्तियारलाई अधिकार दिनु भनेको उद्योगी व्यवसायीलाई त्रासमा राख्ने नियत भएको चेम्वर अफ कमर्सको ठहर छ ।

मोरङ चेम्वर अफ कमर्सले संघीय सरकार र प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वजेटको स्वागत गरेको छ । संघीय सरकार र प्रदेश सरकारले बजेट मार्फत अघि सारेको केही कार्यक्रम सकारात्मक भएपनि कार्यन्वयन पक्ष भने जटिल भएको बताईएको छ । प्रदेश १ सरकारले घरेलु, साना उद्योग तथा सहकारीको नविकरण छुट दिनु सकारात्मक भएको चेम्वरले बताएको छ । दुवै सरकारको वजेट कृषि कर्म गर्ने कृषि व्यवसायीहरुका निम्ति उत्साहित वजेट भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गोल्छा, उपाध्यक्ष शिवप्रसाद रिजाल, महासचिव कृष्णप्रसाद दाहाल र कोषाध्यक्ष मनोजकुमार मिश्र लगायतको सहभागिता थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३