प्रकाशित : १० असार २०७७, बुधबार ११:२४

विराटनगर, १० असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरु परीक्षाको घडीमा रहेको बताउनु भएको छ ।

परीक्षामा सफल हुने वा असफल हुने भन्ने आँफैमा निर्भर हुने उहाँले बताउनुभयो । विराटनगर महानगरपालिको छैठौं नगरसभामा आज शुभकामना मन्तव्य व्यक्त गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । मन्त्री घिमिरेले जनप्रतिनिधिले समाज रुपान्तरण भएको अनुभुती दिनेगरि काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री घिमिरेले हामीले बोक्ने रातो कलमको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ जसरी राजनीतिक जिम्मेवारी पुरा गरेर जनप्रतिनिधि भयौंैं, त्यसैगरि रातो कलमको सही सदुपयोग गर्ने जिम्मेवारी हामी माझ छ ।’

कोरोना भाईरसको प्रभावका कारण तीनवटै सरकारको बजेटको आकार घटेपनि भएको साधन र श्रोतको अधिकतम उपयोग गर्नुपर्ने मन्त्री घिमिरेले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३