प्रकाशित : ९ असार २०७७, मंगलवार १९:०९


विराटनगर, ९ असार । संघीय संसदको संसदीय समितिबाट वहुमतले पारित नागरिकता विधेयक फिर्ता गर्न माग गर्दै विराटनगरमा प्रर्दशन भएको छ । जनता समाजवादी पार्टी नेपालले सो बिधेयक फिर्ता गर्न मागगर्दै प्रदर्शन गरेको हो ।
सो पार्टीले नगरक्षेत्रको मेनरोडस्थित पंचमुखी हनुमान मन्दिरचोकबाट ट्राफिकचोकसम्म प्ले कार्डसहित प्रर्दशन गरेको छ । प्रदर्शनका सहभागीले नागरीकता विधेयक खारेज गर ,धार्मिक सांस्कृतिक सम्वन्ध बिर्गान पाईदैन,महिला माथिको विभेद अन्त्य गर, नेकपा सचिवालय निर्णय मुर्दाबाद लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
प्रर्दशन लगत्तै मेनरोडमै कोणसभा समेत आयोजना गरिएको थियो । कोणसभामा जनता समाजबादी पार्टी नेपालका प्रदेश तथा जिल्लास्तरिय नेताहरुले सम्बोधन गरेका थिए ।