प्रकाशित : ९ असार २०७७, मंगलवार १७:५७

विराटनगर, ९ असार । प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा गरेको खर्चबारे प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजको प्रदेशसभा वैठकमा खर्च बिवरण सार्वजनिक गर्नुभएको हो ।

प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापनमा रकम खर्च गरेको छ । यस्तै जिल्ला समन्वय समितिहरूलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी व्यवस्थापनलगायतका शीर्षकमा पनि कोषको रकम खर्च गरिएको कार्कीले स्पष्ट पार्नुभयो ।

कार्कीका अनुसार हालसम्म प्रदेश सरकारले १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेश जनसुरक्षा कोषमा हाल ९ करोड ६९ लाख रुपैयाँ नगद मौज्दात रहेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो । प्रदेश जनसुरक्षा कोषमा हालसम्म २९ करोड ५१ लाख ७३ हजार रुपैयाँ रकम जम्मा भएको छ ।

प्रदेश जनसुरक्षा कोषमा जम्मा भएको रकम मन्त्रालयगत रुपमा निकासा गरिएको छ । कोरोना जनसुरक्षा कोषमा भएको रकम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २ करोड, आन्तरिक मामिलामार्फत १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालयमार्फत २ करोड ४८ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयले ३ करोड ३० लाख र संघीय सरकारबाट ३ करोड ३० लाख रुपैयाँ प्राप्त भएको पनि कार्कीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३