प्रकाशित : ९ असार २०७७, मंगलवार १७:५६


विराटनगर, ९ असार । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । १० महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा २, झापामा १४, सुनसरीमा ३ र ओखलढुंगामा १ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगर र सुन्दरहरैचामा १–१ जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा ३, बुद्धशान्तिमा ६, हल्दीबारीमा २, कचनकवलमा १ र विर्तामोडमा २ जना रहेका छन् । त्यसैगरि सुनसरीको धरानमा २, कोशी गाउँपालिकामा १ र ओखलढुंगामा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा २० जना थपिएसँगै संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।