प्रकाशित : ८ असार २०७७, सोमबार १२:४४

विराटनगर, ८ असार । ‘लकडाउन’ का कारण रोकिएर आफ्नो मुलुक फर्कन नपाएका नौ जना पाकिस्तानी नागरिकले सोमबार मोरङ छाडेका छन् ।

तीन महिनादेखि उनीहरुलाई मोरङको सुनवर्षी नगरपालिका–९ स्थित मस्जिदमा राखिएको थियो । आवश्यक सबै प्रक्रिया पूरा भएर आफ्नो मुलुक फर्कने वातावरण बनेपछि उनीहरुले मोरङ छाडेका हुन् । पाकिस्तानी नागरिकहरु जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन इस्लाम धर्म प्रचारका लागि भनेर चैत १० गते मोरङको सुनवर्षी आइपुगेका थिए ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चैत ११ गतेबाट ‘लकडाउन’ सुरु भएपछि ६० वर्षमाथिका उनीहरुलाई मोरङ प्रशासनको निर्देशनमा मस्जिदमै क्वारेन्टाइनमा राखिएको थियो । ‘लकडाउन’सँगै पाकिस्तानी नागरिकलाई बाहिर हिँडडुल, भेटघाट, धर्मको प्रचार गर्न र आफ्नो मुलुक फर्कन रोक लगाइएको थियो ।

कोरोना परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मोरङ प्रशासनले जनाएको छ । स्थानीय मुस्लिम अगुवाकाअनुसार इश्लाम धर्म प्रचार गर्नुका साथै धर्मका बारेमा मुस्लिम समुदायलाई शिक्षादीक्षा दिने, सिकाउने, बुझाउने र जनचेतना जगाउने उदेश्यले सबै पाकिस्तानीहरु आएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पाकिस्तानी राजदूतावासको पहलमा मोरङमा रोकिएका सबै पाकिस्तानी नागरिकलाई आफ्नो मुलुक फर्कने वातावरण बनाइएको बताउनुभयो ।  मोरङबाट काठमाडौं पुगेपछि उनीहरुलाई जहाजमार्फत पाकिस्तान पठाउने तयारी भइरहेको जानकारी भुजेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३