प्रकाशित : ७ असार २०७७, आईतवार १८:४५

विराटनगर, ७ असार । प्रदेश १ का जनप्रतिनिधिले कोरोना भाईरसका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा पर्ने प्रभाव विरुद्ध एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोरोना भाईरसका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव पर्ने देखिएकाले एकताबद्ध भएर काम गर्नुपर्ने आवस्यकता औल्याईको छ । वल्र्ड भिजन इन्टरनेशनल र सामुदायिक रेडियो प्रसारक संघले आईतबार प्रदेश १ का मुख्यमन्त्री र स्थानीय तहका प्रमुख/उपप्रमुखसँग गरेको अनलाईन संवादमा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशले आपतकालिन बाल उद्धार कार्यक्रमको घोषणा गरिसकेकाले अब कोहि पनि बालबालिका अफ्ठ्यारोमा नपर्ने बताउनुभयो । उहाँले आत्मनिर्भर छोरी कार्यक्रम र प्रदेश सरकारसँग बालबालिका भन्ने कार्यक्रमले बालबालिकालाई अधिकार सम्पन्न गराउने बताउनुभयो । उहाँले सामुदायिक रेडियो मार्फत दुर शिक्षा दिनको लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख बलदेव चौधरीले स्रोतको अभावमा बालबालिकाको लागि छुट्टै कार्यक्रम गर्न नसकिए पनि बालअधिकारमा नगरपालिका संवेदनशिल रहेको बताउनुभयो । कचनकवल गाउपालिकाका अध्यक्ष अन्जरा आलमले बालबालिकाको मृत्यूदर घटाउने कार्यक्रमलाई बजेटमा प्राथमिकता दिने बताउदै, वालविवाह रोक्ने कार्यक्रम, बिभिन्न लतमा लागेर दुव्र्यसनिमा फसेकालाई बचाउने कार्यक्रमलाई प्रदेश सरकारसँग समन्वय गरेर निरन्तरता दिने बताउनुभयो ।

भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख वीरबहादुर राईले एफएम रेडियोबाट पढाउने कार्यक्रम सुरु गरेको बताउदै बाल अधिकारको रक्षाका लागि रेडियो कार्यक्रम नै प्रभावकारी हुने बताउनु भयो ।

वल्र्डभिजन इन्टरनेशनल नेपालका पुष्कर खातीले प्रदेश सरकारले ल्याएको दुई कार्यक्रम, आत्म निर्भर छोरी कार्यक्रम र प्रदेश सरकारसँग बालबालिका भन्ने कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन भएमा बाल अधिकारको क्षेत्रमा धेरै सफलता हात लाग्ने बताउनु भयो । बिद्यार्थी मानवराज बरालले दुरशिक्षा कार्यक्रमको नीति स्पष्ट हुनुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बाल विवाह जस्ता कुरीतिको अन्त्य र यस्तो विपतको बेलामा बाल बालिकालाई पर्ने असरहरु कम गर्नको लागि सामुदायिक रेडियोहरु नै प्रभावकारी भैरहको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३