प्रकाशित : ७ असार २०७७, आईतवार १७:४४

विराटनगर, ७ असार । प्रदेश १ मा आज १५ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २, झापामा ७, उदयपुरमा ४ र मोरंगमा २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १/१, झापाको अर्जुनधारामा ३, कनकाईमा १, मेची नगरमा २, उदयपुरको उदयपुरगढीमा २, त्रियुगा नगरपालिकामा २, कटारीमा १ र मोरंगको सुन्दरहरैचामा २ जनामा संक्रमण देखिएको छ । आज थपिएकामा ६ महिला र ९ पुरुष रहेका छन् ।

१५ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ४८ पुगेको छ । प्रदेश १ बाट १ जना डिस्चार्ज भएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापा कचनकवलका १ जना डिस्चार्ज भएका हुन । प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ सय ३५ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३