प्रकाशित : ७ असार २०७७, आईतवार ०६:३६

विराटनगर, ७ असार । भारतमा एकैदिन १५ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ९ सय १५ जना नयाँ संक्रमित थपिएका हुन । भारतमा एकै दिन ठुलो संख्यामा संक्रमित थपिएको यो पहिलो हो ।

भारतमा ४ लाख ११ हजार ७ सय २७ जना संक्रमित पुगेका छन् । कोरोना संक्रमणबाट १३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ । २ लाख २८ हजार बढी निको भएका छन् । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार पुगेको छ । आज विहान सम्म ४ लाख ६६ हजार २ सय ५३ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ४ हजार ४ सय १५ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ८९ लाख ६ हजार संक्रमित भएका छन् । विश्वभर १ लाख ५४ हजार ५ सय ४ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ४७ लाख ३२ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार ४ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २१ हजार ९ सय ७९ पुगेको छ । संक्रमितको संख्या २३ लाख २९ हजार नाघेको छ ।

ब्राजिलमा १० लाख ७० हजार बढी संक्रमित हुँदा ५० हजार बढीको ज्यान गएको छ । रसियामा ५ लाख ७६ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । भारतमा ४ लाख ११ हजार ७ सय २७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ । भारतमा १५ हजार ९ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख ३ हजार पुगेको छ । वेलायतमा ४२ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९३ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय २२ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ५१ हजार ३ सय बढी संक्रमित हुँदा ७ हजार ८ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३८ हजार बढी संक्रमित भएका छन् ।

इटालीमा ३४ हजार ६ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ३६ हजारबढी संक्रमित मध्ये ४ हजार २ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३