प्रकाशित : ६ असार २०७७, शनिबार २२:०३

विराटनगर, ६ असार । मोरंगको रतुवामाईमा शसस्त्र प्रहरीको वोर्डर आउट पोष्ट (विओपी) थपिएको छ । रतुवामाई २ को डोरीयामा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा स्थापना गर्नु भएको हो ।

कार्यालय स्थापना गर्नका लागि रतुवामाई नगरपालिका वडा नं. २ का सनातन राजवंशीले ८ कठ्ठा ४ धुर जग्गा निशुःल्क रुपमा सशस्त्र प्रहरी बल नेपाललाई उपलब्ध गराउनु भएको हो । सो कार्यालय अस्थायी संरचना निर्माण गरि संचालनमा ल्याईएको छ । सो कार्यालयको स्थापना प्रतिवेदन प्रस्तुत गर्दै सशस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानियाँले संरचना निर्माणको लागी सहयोग गर्ने सम्पुर्ण सहयोगिदाताहरुको प्रशंसा गर्नुभयो । अस्थायी संरचना निर्माणको लागि रतुवामाई नगरपालिकाबाट २ लाख ७० हजार वरावरको निर्माण सामाग्रीहरु, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर ंकालिनी मोरङ्गबाट ३ लाख ३० हजार बराबरको निर्माण सामाग्रीहरु र सशस्त्र प्रहरी कर्मचारीहरुबाट १ लाख श्रमदान गरि ७ लाख रुपैयामा अस्थायी संरचनाहरु निर्माण गरिएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले नागरिक र फौजको सुमधुर सम्बन्धका कारण यस्ता कार्यहरु संम्भव भएको बताउनसभयो । सिमित श्रोत साधनका बावजुत पनि सशस्त्र प्रहरी बल नेपाल जस्तो सुकै बिषम परिस्थितीमा पनि राज्यले दिएको जिम्मेवारी दृढ निश्चिन्त तरिकाले सम्पन्न गर्ने आत्म बिश्वासका साथ कार्य गरि रहेको थापाले बताउनुभयो ।

रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले अहोरात्र देश र जनताको सेवा तथा सुरक्षाका खातिर खटिने सशस्त्र प्रहरी बलले सिमित श्रोत साधन तथा अपर्याप्त जनशक्तिको बिचमा पनि जनतामा शान्ति सुरक्षा अमन चयन कायम गर्न तथा सीमा सुरक्षामा अव्वल कार्य गरि रहेको बताउनुभयो । कंकालिनी मोरङ्गका गणपति नेत्रबहादुर कार्कीले नेपाल सरकारको नीति बमोजिम निकट भविष्यमा नै नेपाल भारत सीमामा साढे ३ किलोमिटर अन्तरमा सशस्त्र प्रहरी बल नेपालको बिओपि स्थापना गर्ने रहेको हुँदा सोहि बमोजिम कार्यालयको स्थापना भएको बताउनुभयो ।

रतुवामाई नगरपालिका वडा नं. ३ मिर्चियाडाँगीमा ८ कठ्ठा जग्गा र रंगेली नगरपालिका वडा नं. ५ मा धनपतिमा स्थानियवासीहरुले ६ कठ्ठा जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताउनु भयो । रतुवामाई २ को डोरीयामा विओपी स्थापना भए पश्चात मोरङ्ग जिल्लाको नेपाल भारत सीमामा सात वटा बोर्डर आउट पोष्टहरु भएका छन ।

नेपाल भारत सीमा ६३.२ किलोमिटरमा १०.५ कि.मि. को अन्तरमा बोर्डर आउट पोष्ट रहि आएकोमा अव औषत ९ किमिको अन्तरमा सात वटा विओपी भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३