प्रकाशित : ६ असार २०७७, शनिबार १९:०२

विराटनगर, ६ असार । मोरङमा रहेका कोभिड उपचार केन्द्रहरुबाट हालसम्म १ सय २१ जना कोभिड १९ का विरामीले उपचार सेवा लिएर निको भएर घर फर्किएका छन ।

प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र मोरङको सुन्दरहरैचा गोठगाँउस्थित पुर्वाञ्चल विश्वविद्यालयमा राखिएको आइसोलेशन केन्द्रबाट उपचार सेवा लिएर १ सय २१ जना घर फर्किएका हुन ।

ती दुईस्थानमा हालसम्म २ सय ३१ जना कोरोना संक्रमितहरु भर्ती भएकोमा असार ५ सम्म १ सय २१ जना निको भएर घर फर्किएका छन भने १ सय १० जना हाल उपचाररत छन । हालसम्म कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा १ सय ६ जना कोरोना संक्रमितहरु भर्ती भएकोमा ८१ जना उपचार सेवा लिएर फर्किएका छन ।

यसैगरि गोठगाँउस्थित पुर्वाञ्चल विश्वविद्यालयको आइसोलेशनमा १ सय १६ जना संक्रमित भर्ती भएकोमा ४० जना निको भएर घर फर्किएका छन । हाल कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा २५ जना र गोठगाँउस्थित पुर्वाञ्चल विश्वविद्यालयको आइसोलेशन केन्द्रमा ८५ जना उपचाररत छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३