प्रकाशित : ६ असार २०७७, शनिबार १८:५४

विराटनगर, ६ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ६३ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ६३ हजार १ सय ९४ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ३ सय ७४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ८७ लाख ८९ हजार संक्रमित भएका छन् । विश्वभर ३८ हजार २ सय ६८ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित भएका मध्ये ४६ लाख ४८ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार ७ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २१ हजार ४ सय १४ पुगेको छ । संक्रमितको संख्या २२ लाख ९७ हजार नाघेको छ । ब्राजिलमा १० लाख ३८ हजार बढी संक्रमित हुँदा ४९ हजार बढीको ज्यान गएको छ । रसियामा ५ लाख ७६ हजार बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । भारतमा ३ लाख ९६ हजार ७ सय ६५ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १२ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ । भारतमा ९ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख १ हजार ८ सय १५ पुगेको छ । वेलायतमा ४२ हजार ४ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९२ हजार ६ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख ४७ हजार ९ सय बढी संक्रमित हुँदा ७ हजार ६ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३८ हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ५ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ३१ हजारबढी संक्रमित मध्ये ४ हजार बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३