प्रकाशित : ६ असार २०७७, शनिबार १८:५०

विराटनगर, ६ असार । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरीमा २ र झापामा १ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको रतुवामाईमा ८ पुरुष, सुनसरीको कोशी गाउँपालिकामा २ महिला र झापाको गौरीगञ्जमा १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।

प्रदेश १ मा १८ हजार १ सय ६१ जनाको स्वाव संकलन गरिएको छ । आज ३ सय ५६ जनाको स्वाव संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १६ हजार ५ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये १ हजार २ सय ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश १ बाट आज सम्म १६ हजार ५ सय ७६ जनाको आरडिटी गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३