प्रकाशित : ५ असार २०७७, शुक्रबार १८:३६


विराटनगर, ५ असार । विराटनगर सीमानाका हुँदै ६ हजार बढी ब्यक्तिको आवागमन भएको छ । विराटनगर–जोगबनी सिमा नाका हुँदै जेठ १३ देखि आज सम्म ६ हजार १ सय ९९ जनाको आवागमन भएको छ ।
२ हजार ४ सय ३० जना नेपाली जोगबनीबाट विराटनगर हुँदै नेपाल प्रवेश गरेका छन । जसमा २ हजार ११ पूरुष र ४ सय ६६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । यसैगरि जेठ १४ यता विराटनगरबाट जोगबनी आईसिपी क्याम्प हुँदै ३ हजार ७ सय ६९ जना भारतीय भारततर्फ गएका छन ।
भारततर्फ जानेमा २ हजार ८ सय ५७ पुरुष र ९ सय १२ महिला छन । यस्तै मोरङका विभिन्न स्थानमा संचालनमा ल्याइएका ७७ वटा क्वारेन्टाईनमा हाल १ हजार १ सय ९८ जना बसेका छन ।
क्वारेन्टाईनमा ९ सय ७५ पुरुष र २ सय २३ महिला छन ।