प्रकाशित : ५ असार २०७७, शुक्रबार १८:३४

विराटनगर, ५ असार । विराटनगर महानगरपालिका क्षेत्रमा हटिया संचालन गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका खुद्रा व्यापारीहरुले नगरक्षेत्रमा लाग्ने सब्जी बजारहरु बन्द गराएका छन् ।

उनीहरुले विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिर अगाडिको सडकपेटीमा दैनिकरुपमा लाग्ने सब्जी बजारका साथै अन्य क्षेत्रका सडक पेटीमा लाग्ने खुद्रा बजारहरु बन्द गराएका छन् । सो ठाउँमा लकडाउनयता सय बढी व्यापारीले प्रत्येक दिन बिहान ५ बजेदेखि १० बजेसम्म दैनिक सागसब्जी बजार लगाउँदै आएका छन् ।

समूह बनाएर हिंडेका उनीहरुले बजारका साथै नगरक्षेत्रका अन्य चोकका सडक पेटीहरुमा लाग्ने बजार बन्द गराएका छन । यसैगरी गुद्री बजारबाट थोकमा सब्जी खरीद गर्न गएका खुद्रा ब्यापारीहरुलाई समेत सब्जी खरीद गर्न उनीहरुले अवरोध गरेका थिए । नगरक्षेत्रमा परम्परागत रुपमा लाग्दै आएको हटिया पुनः सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका उनीहरुले हिजो विराटनगर महानगरपालिकामा धर्ना दिएका थिए ।

नगरप्रमुख भीम पराजुलीलाई भेटेर हटिया संचालनको माग राखेका उनीहरुलाई प्रमुख पराजुलीले हटिया संचालन गर्दा सामाजिक दुरी कायम राख्न समस्या हुने भन्दै दुरी कायम गरेर चोकहरुमा खुद्रा पसल थाप्न आग्रह गरेको ब्यापारीहरुले बताएका छन ।

ब्यापारीहरुले भने बजारक्षेत्रका ठुला मल र सुपरमार्केटहरु खुला गरिएको अवस्थामा आफुहरुले समेत हटिया संचालन गर्न पाउनुपर्ने माग गरिरहेका छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३