प्रकाशित : ५ असार २०७७, शुक्रबार १७:२९

विराटनगर, ५ असार । प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगको बुढीगंगाका एक पुरुष र झापा दमककी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २ जना थपिएसँगै संक्रमितको संख्या ४ सय २२ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरंगका २ रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।

आज डिस्चार्ज भएकाहरु जेठ २१ देखि २५ गते सम्म अस्पतालमा भर्ना भएकाहरु रहेको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । १० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ८८ जना उपचाररत छन् ।

कोशी कोभिड विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३