प्रकाशित : ४ असार २०७७, बिहीबार १८:४०


विराटनगर, ४ असार । प्रदेश १ मा ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २ र झापामा २ जनामा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएकामा विराटनगर १३ की एक महिला र उनका ८ महिनाको छोरा रहेका छन् । उनीहरु केही समय अघि भारतको सिलगुढीबाट आएका थिए । आज झापा हल्दिवारीका २ महिला पनि संक्रमण देखिएको छ ।
प्रदेश १ मा ४ जना थपिएसँगै संक्रमितको संख्या ४ सय २० पुगेको छ । आज ४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ ।