प्रकाशित : ३ असार २०७७, बुधबार २१:१३

विराटनगर, ३ असार । कोरोना प्रभावित क्षेत्र झापाको कचनकवललाई प्रदेश सरकारले स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।

कचनकवल प्रमुख अञ्जरा आलमलाई पीपीई सेट, गाउन, एन ९५ मास्क, सर्जीकल मास्क, ग्लोब्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदान गर्नुभएको थियो ।

बनियानीमा आयोजित एक कार्यक्रमका वीच स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री घिमिरेले कचनकवलमा कोरोना संक्रमण चाँडै नियन्त्रणमा आउने बताउनुभयो । उहाँले कोरोनालाई शुन्यतामा झार्ने आधार तय भएकोले चाडै नियन्त्रणमा आउने बताउनुभयो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पीसीआर परीक्षणको दर बढाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख इश्वरीप्रसाद पौडेलले जिल्लामा संक्रमितको अवस्थाबारे जानकारी गराउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३