प्रकाशित : ३ असार २०७७, बुधबार २१:०७

विराटनगर, ३ असार । झापाको मेची नगरपालिकाले धाईजनमा तयार गरेको कोरोना संक्रमितको उपचार केन्द्र सञ्चालनको तयारी गरिएको छ ।

प्रदेश सरकारको निर्णय अनुसार नगरपालिकाले तयार गरेको आईसोलेसन उपचार केन्द्रको सामाजिक विकास मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ लगायतले अनुगमन गर्नु भएको छ ।

३० वेडको आईसोलेसन उपचार केन्द्र शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । उपचार केन्द्रका लागि आवस्यक वेड लगायतका सामाग्री व्यवस्थापनको काम भोली सम्ममा सम्पन्न गरिने नगर प्रमुख विमल आचार्यले बताउनुभयो ।

सो उपचार केन्द्रका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । उपचार केन्द्र सञ्चालन पुर्व स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३