प्रकाशित : ३ असार २०७७, बुधबार २१:०१

विराटनगर, ३ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज झापाका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गर्नु भएको छ ।

कोरोना प्रभावित क्षेत्र कचनकवल र भद्रपुरमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गर्दै मन्त्री घिमिरेले मापदण्ड विपरितका क्वारेन्टाईन तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो,‘बस्तुगत अवस्थाको अवलोकन गरि मापदण्ड विपरितकालाई बन्द गर्न स्थानीय तहका प्रमुखलाई भनिएको छ ।’ स्थानीयस्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन अस्तव्यस्त देखिएकाले अनुगमन गर्दै बन्द गर्न निर्देशन दिने गरिएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा कतिपय क्वारेन्टाइन अव्यवस्थित पाईएकाले तत्काल बन्द गर्न भनिएको मन्त्रि घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले कचनकवलका बढी संक्रमित देखिएका क्वारेन्टाईनहरुको अनुगमन गर्नुभएको थियो ।

अनुगमनका क्रममा होल्डिङ एरियामा रहेकाहरुलाई क्वारेन्टाईनको अनुशासन पालना गर्न आग्रह गर्नुभयो । मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ, ओमप्रकाश सरावगी, प्रमुख जिल्ला अधिकारी उदयबादुर राना, प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतले कचनकवलको वडा नं. ६ मा रहेको लक्ष्मी मावि क्वारेन्टाईन, वडा नं. ४ को महेन्द्र रत्न मावि क्वारेन्टाईन र वडा नं. ३ को पथरीया मावि क्वारेन्टाईन, भद्रपुर नगरपालिका वडा नं. २ को हिमाली मावि क्वारेन्टाईन लगायतको अनुगमन गर्नुभएको छ ।

मन्त्री घिमिरेले मेची नगरनगरपालिको काकडभिट्टा मावि होल्डिङ एरिया, धाईजन स्वास्थ्य चौकी र कनकाई नगरपालिका अवस्थाबारे नगर प्रमुख राजेन्द्र पोखरेलसँग जानकारी लिनुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३