प्रकाशित : ३ असार २०७७, बुधबार २०:०४

रामचन्द्र वाग्ले

                                      रामचन्द्र वाग्ले

अहिले विश्वको जनसंख्या दिनप्रतिदिन बढिरहेको छ । बढ्दो जनसंख्या खान, बस्न र अन्य कामका लागि जमिनमा नै आश्रित छन् तर पृथ्वीमा जमिन भने सीमित छ । जीवहरु र वनस्पतिहरुलाई चाहिने सम्पूर्ण वस्तुहरु जमिनबाट नै प्राप्त हुन्छन् । जमिनले गर्दा नै हामी सजीवहरु पृथ्वीमा लामो समयदेखि बाँचिरहेका छौ । यसले गर्दा नै खेतीपाती र पशुपालन गर्न सजिलो भएको छ । यसले गर्दा नै वनजङ्गल र घासेमैेदानहरु सिर्जना भएका हुन् । जमिनले गर्दा नै हामीले औद्योगिकिकरण, सहरीकरण, बाटोघाटो निर्माण, स्थलमार्ग निर्माण, रेलमार्ग निर्माण गर्न सक्षम भएका छौ ।

विषादिको अत्यधिक प्रयोग, कमजोर फोहोरमैला व्यवस्थापन, वनविनाश, जनसख्या वृद्धि, चरन क्षेत्रको अत्यधिक उपयोग, बाढी, पहिरो, भुक्षय आदि कारणहरुले गर्दा जमिनको गुणस्तरमा ह्रास आएको छ ।

सन् १९९५ जनवरी ३० तारिखमा संयुक्त राष्ट्रसंघको सम्मेलनले ‘मरुभूमिकरण विरुद्धको द्वन्द’ भन्ने मस्यौदा पारित गरेपछि विश्व मरुभूमिकरण र खडेरी विरुद्धको द्वन्द दिवस मनाउन सुरु गरिएको हो । प्रत्येक वर्ष जून १७ तारिखका दिन विश्व मरुभूमिकरण र खडेरी विरुद्धको द्वन्द दिवस मनाउने गरिन्छ । यो मरुभूमिकरण र खडेरीको अवस्था र यसले निम्त्याउने समस्याबारे जनचेतना बढाउने साथै यसको रोकथाम गर्ने उद्देश्यले सुरुवात गरिएको हो ।

मरुभूमिकरण भनेको पहिलेदेखी नै भएको मरुभूमि विस्तार हुुनु होइन । मरुभूमिकरण भनेको कुनै पनि ठाउको जमिनको गुणस्तरमा ह्रास आउनु हो । यो मुख्यतयाः मानविय क्रियाकलाप र हावापानी परिवर्तनले गर्दा हुने गर्दछ । जमिनको अत्यधिक उपयोग र दुरुपयोग आदिले गर्दा मरुभूमिकरण हुन्छ । गरिबी, अज्ञानता, राजनैतिक अस्थिरता, वनविनाश, चरन क्षेत्रको अत्यधिक प्रयोग र खराब सिचाइ प्रणाली आदिले गर्दा जमिनको उर्बराशक्ति ह्रास हुदै गइरहेको छ ।

विश्वमा प्रमुख १६ ओटा मरुभूमिहरु छन् । तिनीहरुको बारेमा केही चर्चा यहाँ गरिएको छ ।
नामिब मरुभुमि पृथ्वीको सबैभन्दा पुरानो मरुभूमि हो । यसको उत्पत्ति करिब पाच करोड पचास लाख वर्ष पहिले भएको थियो । यो करिब एक हजार नौ सय एकतिस किलोमिटरसम्म फैलिएको छ । यो अफ्रिका महादेशमा स्थित छ । मरुभूमि भएतापनि यहा प्रशस्त जीव र वनस्पति पाइन्छन् ।

अटाकामा मरुभूमि दक्षिण अमेरिकामा रहेको छ । यसलाई पृथ्वीकै सुख्खा ठाउ पनि भनिन्छ । यो पेरु र चाइलसम्म फैलिएको छ ।
सहारा मरुभूमि अफ्रिका महादेशमा स्थित छ । यसले उत्तरी अफ्रिकाको धेरै भु–भाग ओगटेको छ । यो पृथ्वीको तेस्रो ठुलो र सबैभन्दा बढी गर्मी हुने मरुभूमि हो ।

गोबी मरुभूमि चिनको उत्तरी र मङ्गोलियाको दक्षिणी भु–भागमा स्थित छ । यसलाई कुरुप मरुभूमि भनेर चिनिन्छ । यो क्षेत्र जीवाश्म अथवा अवशेषको लागि धनी मानिन्छ । यहा डाइनोसोरको फुल, गोबी खैरो भालु आदि पाइएको थियो ।
मोजाभे मरुभुूमि क्यालिफोर्निया र नेभाडामा स्थित छ । यो मरुभूमिमा संरक्षित जोसुहा नामक रुख पाइन्छ जसले यो मरुभूमिलाई अन्य मरुभूमिभन्दा भिन्न बनाएको छ ।

अन्टार्कटिक मरुभूमि अन्टार्कटिकामा छ । यहा एकदमै थोरै हिउ पग्लिन्छ तर पनि ह्वेल, सिल, पेन्गुइनजस्ता जीवहरु पाइन्छन् ।
थार मरुभूमि भारत र पाकिस्तानमा स्थित छ । यसलाई विशाल भारतिय मरुभूमि भनेर पनि चिनिन्छ । यो सबैभन्दा बढी जनसख्या भएको मरुभूमि हो । यहा एक सय चालिसभन्दा बढी प्रजातिका चराहरु, तेइस प्रजातिका छेपाराहरु र पच्चिस प्रजातिका सर्पहरु पाइन्छन् ।
रब अल खाली मरुभूमि साउदी अरेबियामा छ । यो विश्वको सबैभन्दा ठुलो मरुभूमि हो । यसले पृथ्वीको पाच लाख त्रियासी हजार वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

तक्लामकन मरुभूमि मध्य एसियामा छ । यो दोस्रो सबैभन्दा ठुलो मरुभूमि हो । यो तिन लाख सड्तिस हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यहा पानीको स्रोत लगभग अदृश्य छ ।

तबेरनास मरुभूमि स्पेनमा छ । यो थुप्रै सरिसृप, उभयचर र चराहरुको घर हो । पिनाकल्स मरुभूमि अष्ट्रेलिया अथवा अष्ट्रेलियाको नाम्बुर्ग राष्टिय निकुञ्जमा छ । यहा हजारौको सख्यामा केही फिट अग्ला चुनढुङ्गाका स्तम्भहरु छन् ।

सोनोरान मरुभूमि अमेरिका र मेक्सिकोमा स्थित छ । सलार दि युयुनी मरुभूमि बोलिभियामा छ । त्यस्तै दस्त ए काविर मरुभूमि इरानमा, चिहुवाहुएन मरुभूमि नया मेक्सिकोमा र सेतो अथवा फराफ्रा मरुभूमि इजिप्टमा स्थित छ ।

कुनै पनि स्थानमा लामो समयसम्म वर्षा नहुनु अथवा सामान्य दर भन्दा थोरै वर्षा हुनुलाई खडेरी भनेर बुझिन्छ । खडेरीले गर्दा जमिनको आद्र्रता, जमिनमुनिको पानीको सतह, खोला वा नदीको सतहमा गिरावट आउछ । यसले गर्दा पानीको अभाव र बालीनालीको नोक्सानी हुन्छ । कम्तिमा १५ दिनभन्दा लामो समयसम्म पानी परेन भने त्यसलाई खडेरीको सज्ञा दिन सकिन्छ । लामो खडेरीले विशाल बसाइसराई, अनिकाल र भोकमरी निम्त्याउछ । खडेरीले खानेकुराको उत्पादनमा कमी आउछ ।

हाल नेपालमा मात्र नभई विश्वभरिमा जनसंख्या दिनानुदिन बढिरहेको छ तर जमिनहरु दिनानुदिन घटिरहेका छन् । यसले गर्दा भोकमरी र अनिकाल बढिरहेका छन् । एकातिर जमिनहरु घटिरहेका छन् भने अर्कोतिर खाद्यान्नको माग भने बढीरहेको छ । भएका जमिनहरु पनि हाम्रो लापरवाहीले गर्दा मरुभूमिकरणतिर अग्रसर छन् ।

हामीहरुले जनचेतना अभिवृद्धि गरेर, जनसंख्या नियन्त्रण गरेर, प्रदुषण नियन्त्रण गरेर, जैविक विविधता संरक्षण गरेर, जमिनको उचित व्यवस्थापन गरेर, माटोको उर्वराशक्ति बढाएर, जमिनको उपयोगमा सुधार गरेर, वृक्षारोपण गरेर, चक्रीय र मिश्रित खेतिपाती गरेर, विषादी र किटनाशक औषधिको न्यनतम प्रयोग आदि कार्यहरु गरेर बढीरहेको मरुभमिकरणलाई घटाउन सकिन्छ ।

हामीले माथिका यी कार्यहरु गरेर बढीरहेको मरुभमिकरणलाइ रोक्नु अत्यन्त आवश्यक छ अन्यथा आउदो केही वर्षहरुमा मानव जाति भोकमरीले गर्दा लोप हुन सक्ने प्रबल सम्भावना देखिन्छ ।
(लेखक, एमएस्सी प्राणीशास्त्रका शोधार्थी हुनुहुन्छ )

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३