प्रकाशित : २ असार २०७७, मंगलवार १७:२५

विराटनगर २ असार । प्रदेशमा आज ५ जना संक्रमित थपिएका छन् । सुनसरीमा २, झापामा २ र पाँचथरमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीका १ र कोशी गाउँपालिकाका १ पुरुष, झापाको भद्रपुरका २ पुरुष र पाँचथरको फिदिममा एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५जना थपिएसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

आज प्रदेश १ बाट ४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका ४ जना डिस्चार्ज भएको प्रतिष्ठानले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १ सय ७८ पुगेको छ ।

प्रदेश १ मा आज सम्म १६ हजार ३ सय ६९ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये १४ हजार ७ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाव संकलन गरिएका मध्ये १ हजार २ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १५ हजार ८ सय ४ जनाको आरडिटी गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३