प्रकाशित : १ असार २०७७, सोमबार १९:००


विराटनगर, १ असार । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ । आज मोरंगमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको बराहक्षेत्रमा १ महिला र १ पुरुष, बर्जुमा १ पुरुष, झापाको मेची नगरमा १ पुरुष, मोरंगको केराबारीमा १ महिला, सुनवर्षीमा २ महिला र १९ जना पुरुषमा संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज २६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको छ ।
संक्रमित भएका मध्ये २६ महिला र ३ सय ७१ पुरुष रहेका छन् ।
प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरंग र २ जना संखुवासभाका रहेका छन् । कोशी अस्पतालमा अहिले २५ जना उपचाररत रहेका छन् ।