प्रकाशित : १ असार २०७७, सोमबार १७:३७

विराटनगर १ असार । प्रदेश १ सरकारले ४० अर्व ८९ करोडको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक आर्थिक वर्षको तुलनामा १ अर्व ३० करोड कम वजेट प्रस्तुत गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सामेबार प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको वजेट प्रस्तुत गरेका हुन । कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत, पुँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ४ करोड रहेको छ । अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्व ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख व्यहोरिने वजेटमा उल्लेख छ ।

चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान गरिएको छ । खर्चको आवश्यकता पूरा नहुने भएकोले न्यून वित्त ५ अर्व अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको व्यवस्था बमोजिम नेपाल सरकार संग ऋण लिइ पूर्ति गरिने मन्त्री आङ्बोले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३