प्रकाशित : १ असार २०७७, सोमबार ०७:२०

विराटनगर, १ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)कोे आपतकालिन बैठक आज बस्दै छ । कार्यसमिति बैठक सम्पन्न भएको दुई साता पनि नबित्दै एन्फाले आपतकालिन बैठक आह्वान गरेको हो ।

बैठक ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ बजे बस्नेछ । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठकका लागि ४ एजेण्डा तय गरिएको छ ।

पहिलो एजेण्डा एन्फाको मानार्थ अध्यक्षको बिषयमा रहेको छ । यस्तै, दोस्रो कोरोना राहतको बिषय, तेस्रो भक्तपुर जिल्ला फुटबल संघको बिषय र चौथो एजेण्डा विविध अन्तर्गत रहेको महासचिव तुलाधरले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३