प्रकाशित : १ असार २०७७, सोमबार ०७:१२

विराटनगर, १ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार पुगेको छ । आज विहान सम्म ४ लाख ३५ हजार १ सय ६६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ७९ लाख ८२ हजार संक्रमित भएका छन् ।

विश्वभर १ लाख २१ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । विश्वभर संक्रमित भएका मध्ये ४१ लाख ३ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजारबढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १७ हजार ८ सय ५३ पुगेको छ । संक्रमितको संख्या २१ लाख ६१ हजार नाघेको छ ।

ब्राजिलमा ८ लाख ६७ हजार बढी संक्रमित हुँदा ४३ हजार ३ सय बढीको ज्यान गएको छ । रसियामा ५ लाख २८ हजार ९ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४८ रहेको छ । भारतमा ३ लाख ३३ हजार संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ । भारतमा ११ हजार ३ सय ८२ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या २ लाख ९५ हजार ८ सय नाघेको छ । वेलायतमा ४१ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९१ हजार कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३६ हजार ९ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख २९ हजार ७ सय बढी संक्रमित हुँदा ६ हजार ६ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८७ हजार ६ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ७० जनाले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३