प्रकाशित : १ असार २०७७, सोमबार ०७:१०

विराटनगर, १ असार । प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।
स्वास्थ्य र कृषि क्षेत्रलाई केन्द्रित गरि वजेट प्रस्तुत गरिने भएको छ । कुल वजेटको २० प्रतिशत स्वास्थ्य र कृषिमा विनियोजन हुने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताउनुभयो ।

प्रदेश सरकारले गत वर्ष चालु आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको वजेट ल्याएको थियो । लकडाउनका कारण चालु आर्थिक वर्षको अनुमानित आय संकुचित भएपछि त्यसको प्रत्यक्ष असर आगामी आर्थिक वर्षको वजेटमा परेको मन्त्री आङ्वोको भनाई छ । चालु आर्थिक वर्षमा ३ अर्व ८६ करोडको आन्तरिक श्रोत तेश्रो वजेटको संघारमा सवा अर्वमा खुम्चिएको मन्त्रालय श्रोतले बताएको छ ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योगद्यन्दा तथा कलकारखानाहरुको लागी पनि बजेटको आकार खुम्चिने भएपछि मोरंग सुनसरी औद्योगिक कोरिडोरका उद्योगी व्यावसायीहरुले चिन्ता व्यक्त गरेका छन । उद्योग व्यावसायहरुलाई जोगाउन कम्तीमा पनि ७ प्रतिशत ब्याजमा बैङिक कर्जा तथा कम रेटमा विद्युत महशुलको व्यवस्था गरिनुपर्ने सम्पूर्ण उद्योगी व्यवसायीको माग रहेको मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदाले बताउनुभयो ।

आगामी आर्थिक बर्षको बजेट उत्पादनमुखी नभएर वितरणमुखी हुने सङकेत देखिएको प्रमुख प्रतिपक्षी नेपाली काङगे्रसका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३