प्रकाशित : ३२ जेष्ठ २०७७, आईतवार १९:३८

विराटनगर, ३२ जेठ । लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु पर्ने अवस्था सृजना भएपछि अपाङता भएका व्यक्तिहरुले आज प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् ।

विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि आज उनीहरुले मन्त्रालयमै धर्ना दिएका हुन् ।

जिविकोपार्जन गर्नका लागि तिनपांग्रे रिक्साबाट खाद्यान्नको सामग्री बोक्दै आईरहेपनि लकडाउनका कारण निकै समस्या भएको उनीहरुले बताएका छन ।

खान नपाएरै मर्नुपर्ने अवस्था सृजना भएपछि मन्त्रालयमा धर्ना दिएको उनीहरुले बताएका छन । उनीहरु राज्य मन्त्री जसमाया गजमेरलाई राहतका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै सुनुवाई नभएका गुनासो गरे ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३