प्रकाशित : ३२ जेष्ठ २०७७, आईतवार १९:३६


विराटनगर, ३२ जेठ । प्रदेश १ मा आज सम्म १५ हजार ३ सय ६० कोरोना शंकास्पदको नमूना संकलन गरिएको छ । आज ३ सय ८ जनाको नमूना संकलन गरिएको छ ।
नमूना संकलन गरिएका मध्ये १३ हजार ३ सय १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा संकलन गरिएका नमूना मध्ये १ हजार ६ सय ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रदेश १ मा आरडिटी विधिबाट १५ हजार ६ सय १ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ का ४ सय १८ स्थानमा ११ हजार ५ सय १९ वेडको क्वारेन्टाईन तयार गरिएको छ ।
क्वारेन्टाईनमा ४ हजार १ सय ३ जना, होल्डिङ एरियामा ४ सय ६२ जना र होमक्वारेन्टाईनमा ११ हजार १ सय ४ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।